يٰٓاَيُّهَا النَّاسُ اعْبُدُوْا رَبَّكُمُ الَّذِيْ خَلَقَكُمْ وَالَّذِيْنَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُوْنَۙ
yā ayyuhan-nāsu‘budū rabbakumul-lażī khalaqakum wal-lażīna min qablikum la‘allakum tattaqūn(a).
हे मानिसहरू! तिमीहरू र तिमीहरूभन्दा अघिकाहरूलाई सृष्टि गर्ने आफ्ना पालनकर्ताको उपासना गर, ताकि तिमीहरूले ईशभय प्राप्त गर्न सक।
وَأْمُرْ اَهْلَكَ بِالصَّلٰوةِ وَاصْطَبِرْ عَلَيْهَاۗ لَا نَسْـَٔلُكَ رِزْقًاۗ نَحْنُ نَرْزُقُكَۗ وَالْعَاقِبَةُ لِلتَّقْوٰى
wa'mur ahlaka biṣ-ṣalāti waṣṭabir ‘alaihā, lā nas'aluka rizqā(n), naḥnu narzuquk(a), wal-‘āqibatu lit-taqwā.
अनि आफ्नो परिवारलाई नमाज पढ्ने आदेश देऊ र त्यसमा धैर्य गर। हामी तिमीसँग जीविका माग्दैनौं, हामी नै तिमीलाई जीविका दिनेवाला हौं। र परिणाम (परलोकमा राम्रो) तिनीहरूको लागि हो जो ईशभय राख्छन्।
اَفَحَسِبْتُمْ اَنَّمَا خَلَقْنٰكُمْ عَبَثًا وَّاَنَّكُمْ اِلَيْنَا لَا تُرْجَعُوْنَ
afa ḥasibtum annamā khalaqnākum ‘abaṡaw wa annakum ilainā lā turja‘ūn(a).
के तिमीहरूले यो ठानेका छौ कि हामीले तिमीहरूलाई (बिना कुनै उद्देश्य) खेलौनामा सृष्टि गरेका छौं र तिमीहरू हामीतिर फर्काइने छैनौ?
وَمَا خَلَقْتُ الْجِنَّ وَالْاِنْسَ اِلَّا لِيَعْبُدُوْنِ
wa mā khalaqtul-jinna wal-insa illā liya‘budūn(i).
मैले जिन्न र मानवलाई मेरो उपासना गर्नको लागि मात्र सृष्टि गरेको हुँ।
وَمَآ اُمِرُوْٓا اِلَّا لِيَعْبُدُوا اللّٰهَ مُخْلِصِيْنَ لَهُ الدِّيْنَ ەۙ حُنَفَاۤءَ وَيُقِيْمُوا الصَّلٰوةَ وَيُؤْتُوا الزَّكٰوةَ وَذٰلِكَ دِيْنُ الْقَيِّمَةِۗ
wa mā umirū illā liya‘budullāha mukhliṣīna lahud-dīn(a), ḥunafā'a wa yuqīmuṣ-ṣalāta wa yu'tuz-zakāta wa żālika dīnul-qayyimah(ti).
जबकि उनीहरूलाई केवल धर्मको खातिर इमानदारीपूर्वक अल्लाहको पूजा गर्न र उहाँको आज्ञा पालन गर्न, र नमाज पढ्न र जकात दिन आदेश दिइएको थियो, र त्यो नै सीधा (सत्य) धर्म हो।