Q.S अत-तव्वा (9:70)
اَلَمْ يَأْتِهِمْ نَبَاُ الَّذِيْنَ مِنْ قَبْلِهِمْ قَوْمِ نُوْحٍ وَّعَادٍ وَّثَمُوْدَ ەۙ وَقَوْمِ اِبْرٰهِيْمَ وَاَصْحٰبِ مَدْيَنَ وَالْمُؤْتَفِكٰتِۗ اَتَتْهُمْ رُسُلُهُمْ بِالْبَيِّنٰتِۚ فَمَا كَانَ اللّٰهُ لِيَظْلِمَهُمْ وَلٰكِنْ كَانُوْٓا اَنْفُسَهُمْ يَظْلِمُوْنَ
alam ya'tihim naba'ul-lażīna min qablihim qaumi nūḥiw wa ‘ādiw wa ṡamūd(a), wa qaumi ibrāhīma wa aṣḥābi madyana wal-mu'tafikāt(i), atathum rusuluhum bil-bayyināt(i), famā kānallāhu liyaẓlimahum wa lākin kānū anfusahum yaẓlimūn(a).
के उनीहरूलाई उनीहरूभन्दा पहिलेका मानिसहरू, (अर्थात्) नूहका मानिसहरू, आद, समूद, इब्राहीमका मानिसहरू, मद्यानका मानिसहरू र नष्ट पारिएका देशहरूका (बासिन्दाहरूको) बारेमा खबर पुगेको थिएन? उनीहरूकहाँ रसूलहरू स्पष्ट प्रमाणहरू लिएर आएका थिए; अल्लाहले उनीहरूमाथि अन्याय गरेनन्, बरु उनीहरूले आफैंमाथि अन्याय गरे।